कफी को बोक्रा छोडाउने मेसिन माग सम्बन्धी सूचना।
कफी को बोक्रा छोडाउने मेसिन माग सम्बन्धी सूचना।
प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक बर्ष २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार हलिङ्ग मेसिन (कफिको बोक्रा छोडाउने मेसिन) ५०% अनुदानमा वितरण गर्ने कार्यक्रम रहेकोले इच्छुक कृषक, कृषि फर्महरु, कृषक समुह, कृषि सहकारीहरुले तपसिल बमोजिमका कागजात सहित १५ दिन (२०८३/०८/२५ गते) भित्र वडा कार्यालय वा गाउँपालिकाको कार्यलयमा आवेदन पेश गर्नु हुन अनुरोध छ। आवश्यक कागजातहरुः १. व्यक्तिगत निवेदन, २. नागरिकता प्रमाणपत्रको प्रतिलिपी, ३. समूह/सहकारी, फर्मको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपी, (नवीकरण सहित), ४. समूह / सहकारी / फर्मको हकमा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, ५. सहकारी / समूहको हकमा निर्णय प्रतिलिपी, ६. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, ७. हाल सम्म यस कार्यालयबाट कुनै पनि कृषि सामग्रि अनुदानमा प्राप्त नगरेको स्वघोषण पत्र, थप जनकारीको लागि ९७६७८९०१७० मा सम्पर्क गर्न सकिन्छ ।